भीआइपीहरु पनि दरबारमार्गको कन्सर्टमा {तस्वीर}


२०८१ असोज ३ बिहीबार ०२:०६ बजे

काठमाडौं । संविधान दिवसको अवससरमा काठमाडौँको दरबारमार्ग आयोजित ‘नेसनल डे कन्सर्ट’ चलिरहेका छ । अहिले कलाकारहरुले आफ्ना प्रस्तुतीहरु दिइरहेका छन् । राष्ट्रिय झण्डासहित उपस्थित भएका संगीतप्रेमीका कारण अहिले दरबारमार्ग झपक्कै ढाकिएको छ ।

कन्सर्टमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सरकारका अन्य मन्त्रीहरू लगायत उच्च पदस्थहरू कन्सर्टमा सहभागी हुन पुगेका छन् ।

नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा विभिन्न चर्चित कलाकारहरुको प्रस्तुतीहरु रहेको छ । राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषय वस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तराः लगायतका व्यान्डहरू र समूहहरूले पनि प्रस्तुती दिने बताइएको छ ।  अहिले कार्यक्रमस्थलमा पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७