लुम्बिनीकी कांग्रेस सचेतक गिरीले दिइन् राजीनामा


२०८१ भदौ ३१ सोमबार ०७:०४ बजे

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसकी सचेतक निमा गिरीले राजीनामा दिएकी छिन् ।  उनले आज (सोमबार) संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएकी हुन् ।

विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उनले उल्लेख गरेकी छिन् । गिरीलाई २०७९ चैत २९ गते सचेतकको जिम्मेवारी दिइएको थियो । करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गरेर राजीनामा दिएकी हुन् । वर्तमान सरकारमा कांग्रेसबाट दुई जना मन्त्री पठाउन बाँकी छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७