पूर्व प्रधानमन्त्री संविधान ध्वस्त पार्न ढुकेर बसेका छन् : मेटमणि चौधरी


२०७९ माघ ७ शनिबार १५:०१ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद मेटमणि चौधरीले अहिले पनि नेपालको संविधान ध्वस्त पार्ने प्रयास भइरहेको बताएका छन् ।

आज (शनिबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान च्यात्न ढुकेर बसेको आरोप लगाएका हुन् । ‘अहिले पनि नेपालको संवैधानिक व्यवस्थामाथि आक्रमणका लागि ढुकेर बसेका छन् । नेपालको कानुन च्यातचुत पार्न, ध्वस्त पार्न पूर्व प्रधानमन्त्री नाम सबैलाई थाहा छ । बाटो ढुकेर बसेका छन् । त्यस्ता व्यक्तिको उस्थिति संसदमा भयो भने नेपालको संविधान ध्वस्त हुनसक्छ,’ उनले भने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विषयको बचाउ गरेकोप्रति पनि चौधरीले असन्तुष्टि व्यक्त गरेका छन् । संविधानमा कतैपनि संसद विघटन गर्ने अधिकार नभएको भन्दै बेठिक कुतर्क भइरहेको बताएका छन् । उनले बेठिक कुतर्क गर्नेहरुलाई कक्षामा राखेर पढाउने पर्ने भन्दै कटाक्ष समेत गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७