‘हिंसा’ शब्द रेकर्डबाट नहटाएपछि संसदमा माओवादी केन्द्रको अवरोध

‘हिंसा शब्द असंसदीय हैन, रेकर्डबाट हटाउन पर्दैन’


२०८१ भदौ २६ बुधबार ०१:५१ बजे

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको भाषण सभामुख देवराज घिमिरेले नहटाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रले संसद बैठक अवरोध गरेको छ ।

आज (बुधबार) को बैठकमा सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए । सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका थिए । त्यसपछि सभामुखले एमाले नेता रघुजी पन्तलाई बोल्न दिए । माओवादी केन्द्रका सांसदहरुले सिटबाट उठेर संसद अवरोध गरेका हुन् ।

अवरोधपछि समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संविधानको प्रस्तावना पढेर सुनाएका थिए । ‘यो शब्द संविधानको कुन चाँहि धारा, उपधारामा छ ?’ उनले प्रश्न गरे । उनले आफ्नो पार्टी बहस गर्न तयार भएको समेत सुनाए ।

‘हिंसा शब्द असंसदीय हैन, रेकर्डबाट हटाउन पर्दैन’
सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । उनले सोही रूलिङ आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन अनुरोध गरे । भदांँ १२ गतेको संसदको बैठकमा एमाले सांसद योगशे भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेका थिए । यसपपछि सदन निरन्तर घोपेच चलेको थियो ।

त्यसबेला सभामुख देवराज घिमिरिले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार दिएका थिए । बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द हटाउन नपर्ने बताएका थिए । उनले उक्त शब्द असंसदीय नभएको बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७