काभा महिला भलिबल : आज नेपाल र भारत भिड्दै  


२०८१ श्रावण १९ शनिबार ०७:०१ बजे

काठमाडौं  । सेन्ट्रल एशिया भलिबल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा आज (शनिबार) नेपाल र भारत भिड्दै छन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ ।  नेपालको यो दोस्रो खेल हो । भारत लगातार तेस्रो खेल हो ।

शुक्रबार भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई २५–१९, २५–१८, २५–१९ ले हराएको थियो । नेपाल र भारतसहित इरान, श्रीलंका र माल्दिभ्स प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता साउन २३ गतेसम्म चल्नेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७