सात महिनामा ६ लाख ४७ हजार विदेशी पर्यटक नेपाल भित्रिए


०९:२९ बजे

काठमाडौं । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन् । जबकी गत वर्षको सोही अवधिमा पाँच लाख ३४ हजार दुई सय सात पर्यटक नेपाल आएका थिए । 

यस वर्षको जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एक सय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७६ हजार सात सय ३६ र जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटनले नेपाल भ्रमण गरेका छन् ।

जुलाईमा झण्डै १२ प्रतिशतले बढे पर्यटक 
सन् २०२४ को जुलाईमा विदेशी पर्यटक आगमन झण्डै १२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार गतवर्षको जुलाईको तुलनामा यसवर्षको सोही अवधिमा ११ दशमलव नौ प्रतिशतले विदेशी पर्यटक बढेका हुन् । 

यस वर्षको जुलाईमा ६४ हजार पाँच सय ९९ विदेशी पर्यटक आगामन भएकामा गत वर्षको सोही अवधिमा यो संख्या ७५ हजार सातसय २६ थियो । बोर्डका अनुसार सन् २०२२ को जुलाईमा ४४ हजार चार सय ६२, सन् २०२१ मा तीन हजार ६३, सन् २०२० मा एक सय ९६ पर्यटक नेपाल आएका थिए । कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१९ को जुलाईमा ७० हजार नौ सय १६ विदेशी पर्यटकका नेपाल आगमन भएको थियो । 

जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार चार सय ९१, अमेरिकाबाट सात हजार आठ सय ६४, चीनबाट ६ हजार आठ सय १९, वेलायतबाट तीन हजार आठ सय छ र बंगलादेशबाट तीन हजार चार सय ७० विदेशी पर्यटक नेपाल आएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७