प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक


२०८१ श्रावण ९ बुधबार १७:३९ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विमान सौर्य एयरलायन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठक बेलुका ५ बजे बस्दैछ । प्रधानमन्त्री ओलीले विमान दुर्घटनाको छानबिन गर्ने बताएका थिए । सोही प्रक्रियाका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको बताइएको छ । बैठकमा ओलीले दुर्घटनाबारे जानकारी र छानबिन प्रक्रियाबारे पनि ब्रिफिङ गर्नेछन् । 

दुर्घटना लगत्तै प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे लगायत विमानस्थल पुगेका थिए । विमानस्थलको निरिक्षणपछि प्रधानमन्त्री ओलीले तत्कालै नेपाल नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट ब्रिफिङ लिएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७