लोसपाका शरतसिंह भण्डारी श्रममन्त्री


२०८१ असार ३१ सोमबार १३:३९ बजे

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शरतसिंह भण्डारी केपी शर्मा ओली नेतृत्वको सरकारमा श्रममन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले शपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कांग्रेस र एमालेका साथै लोसपा र जसपालाई पनि सरकारमा समेट्ने उनको तयारी छ । लोसपाबाट भण्डारी श्रम मन्त्री बन्ने छन् ।

उनी गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा पनि श्रममन्त्री नै थिए । प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि उनी हटेका थिए । त्यसपछि रास्वपाका उपसभापति डीपी अर्याल करिव चार महिना श्रममन्त्री बने । लोसपाको संसदमा चार सांसद छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७