सेन्ट जेभियर्स कलेजको लापरबाही : शनिबारको सूचना निकालेर शुक्रबार नै परीक्षा, छुटे विद्यार्थी


२०८१ असार २९ शनिबार ०९:२२ बजे

काठमाडौं । माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी बञ्चित भएका छन् । 

कलेजको सुरुमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थीहरु आज बिहान ७ः१५ बजे कलेज परिसर पुगेका थिए । तर कलेजले उक्त परीक्षा शुक्रबार नै सम्पन्न भइसकेको जानकारी गराएको थियो । कञ्चनपुरबाट प्रवेश परीक्षा दिन आएका आर्थिक रानाका पिता कृपाराम रानाले भने, ‘प्रवेश परीक्षा लिन भनेर हामीसँग एक सय ५० का दरले रकम उठाइएको थियो तर अहिले आएर परीक्षा दिनबाट बञ्चित गराइयो ।’ विद्यार्थी प्रियङ्का ओझाका पिता विपिन ओझाले पनि उक्त कलेजको लापरबाहीका कारण आफूहरुले दुःख पाएको  गुनासो गरे ।

कलेजले कक्षा ११ मा भर्नाका लागि विभिन्न १० स्थानका  लागि आवेदन मागेकामा करिब साढे दुई लाख विद्यार्थीले फाराम भरेका थिए । कलेजले सुरुको सूचनामा पाँच स्थानमा शुक्रबार र पाँच स्थानमा शनिबार परीक्षा सञ्चालन हुने उल्लेख गरेको थियो । तर पछि तालिका परिवर्तन गरेकाले शनिबारका लागि तयारी गरेका विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका हुन् । 

दार्चुलाका विद्यार्थी रश्मी साउदले काठमाडौँ आएर पनि परीक्षा दिन नपाउँदा दुःख लागेको बताइन् । कलेजका प्रिन्सिपल फादर डा. अगुस्टिन थोमस एसजेसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कलेजको फरक–फरक सूचनाका कारण विद्यार्थीहरु प्रवेश परीक्षाबाट वञ्चित भएका हुन् भने दुःखद् भएको र यसबारे कलेज जवाफदेहिता हुनुपर्ने तर्क गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७