टाटा टियागो ईभीमा अफर : चाहेको स्थानमा नै पुरानो गाडीको मूल्याकंन र टेस्ट ड्राइभ गर्न सकिने

काठमाडाैं : नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले “नाव अर नेभर– ड्राइभ होम टियागो ईभी एट प्रि–बजेट प्राइस” आयोजना गर्न लागेको छ ।
यस अफर अन्तर्गत नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण मूल्य बढेको भएपनि सिमित स्टक प्रि–बजेट मूल्यमा प्राप्त गर्न सकिनेछ ।
कम्पनीका अनुसार आफुले चाहेको स्थानमा नै पुरानो गाडीको मूल्याकंन र टेस्ट ड्राभभको सुविधा रहेको छ । यसका साथै आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस इन्स्योरेन्स, २ वर्षको सवारी कर र एक्सेसरिजहरु रहेका छन् । यो योजना यहि जुन २० देखी २२ सम्म नेपालभर रहेका टाटा मोटर्सको सबै शोरुमहरुमा लागु हुने कम्पनीले जनाएको छ ।
टाटा इभी यसको मूल्य तथा साइज कारण पनि ग्राहकहरु यसमा आकर्षित भएका हुन । टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।
टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको छ । दैनिक तथा व्यक्तीगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।