एडीबीले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब अनुदान दिने


२०८१ असार ५ बुधबार ०६:३५ बजे

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब धेरै अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडवर्क्समा ठूलो क्षति पुर्‍याएकाले हेडवर्क्स निर्माणका लागि एडीबीले एक करोड ९७ लाख ५० हजार अमेरिकी डलर अर्थात दुई अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै अनुदान दिने भएको हो ।

बाढीले बगाएर ल्याएको गेग्रान र ढुङ्गाले हेडवर्क्सको सम्पूर्ण संरचना पुरिदिएपछि झण्डै एक किलोमिटर माथि हेडवर्क्स बनाउने तयारी भइरहेको बेला एडीबीले साढे दुई अर्ब रुपैयाँभन्दा धेरै अनुदान दिने भएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । हेडवर्क्स सार्ने बारेमा पनि एडीबीले नै अध्ययन गरेको हो ।

हेडवर्क्स सार्न झण्डै साढे तीन अर्ब रुपैयाँ लाग्ने अनुमान छ । दुई वर्ष अघिदेखि नै एडीबीले हेडवर्क्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रीपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसँगै आयोजनाले हेडवर्क्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । आयोजनाले चार वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७