बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला


२०८० पौष १२ बिहीबार १४:४० बजे

बाँके । बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ ।

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको सेनाले जनाएको छ । निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले सकेट फेला पारेको हो । अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृत पारिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७