कांग्रेसको चेतावनी : कुलिङ पिरियड र भूमि विधेयक एकलौटी लाद्ने प्रयास स्वीकार्य छैन


२०८२ श्रावण ६ मंगलबार १२:१० बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियड लागू गर्ने विषयमा कांग्रेसले कुनै कम्प्रमाइज नगर्ने बताएका छन् । निजामती विधेयकबाट कुलिङ पिरियडको व्यवस्था हटाउन राष्ट्रिय सभामा एमालेका सांसदहरूले संशोधन प्रस्ताव राखेकोप्रति उनले आपत्ति जनाएका छन् ।

बीपी कोइराला ४३औं स्मृति दिवसको अवसरमा बीपी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको सरकार बनाउनको लागि एक अर्काको दृष्टिकोण स्वीकार गरेर मात्रै गठबन्धन सफल हुन सक्छ । म जे चाहन्छु त्यही नै हुनुपर्छ भनेर हुँदैन । यसमा प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका खेल्नु पर्छ ।’

कांग्रेसको जायज दृष्टिकोण प्रधानमन्त्रीले स्वीकार्नु पर्ने बताए । उनले सात बुँदे सहमतिमा संविधान संशोधनको विषय पनि परेको भन्दै ढिलै भए पनि कार्यान्वयनमा लानुपर्ने बताएका छन् । उनले भने, ‘नचाहिने माग कांग्रेसले राख्दै राख्दैन । यसै पनि उदार पार्टी हो, प्रधानमन्त्रीले कांग्रेसको माग सम्बोधन गर्नुपर्छ । कुलिङ पिरियड सर्वसम्मत रूपमा समितिबाट अगाडि बढेको हो । त्यसमा कांग्रेसले कम्प्रमाइज गर्न सक्दैन । लागू हुनुपर्छ । अरू भूमि विधेयकमा पनि समग्र छलफलपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ । एकलौटी लाद्ने कुरा स्वीकार्य हुन छैन ।’

यो गठबन्धनको सरकार ०८४ जाने निर्णय गरेर अघि बढेको भन्दै त्यसको प्रभावकारिता बढ्नुपर्ने बताएका छन् । उनले नियुक्तिहरूमा पनि सन्तुलित भएर गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले ध्यान दिनुपर्ने बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७