एमालेको अगाडि कांग्रेस हामी लाछी भयौं : डा. शेखर कोइराला


२०८२ श्रावण ६ मंगलबार १२:४९ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद्‍सम्बन्धी विधेयकमा सत्ताको नेतृत्व गरेको नेकपा एमालेबाट भएको व्यवहारप्रति प्रश्न उठाएका छन् । ४३ औं बीपी स्मृति दिवसमा बोल्ने क्रमममा नेता कोइरालाले राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिकहाँ पुगेको संवैधानिक परिषद्‍को विधेयकमा भएको व्यवस्थाप्रति पनि असन्तुष्टि जनाए ।

नेता डा. कोइरालाले निजामती विधेयकको कुलिङ अफ पिरियडमा एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गरेको आरोप लगाए । डा. कोइरालाले कांग्रेसका कोर भ्यालुमाथि कम्युनिस्ट एमालेले आक्रमण गर्दा कांग्रेस नेतृत्व बोल्न नसकेको बताए । कोइरालाले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कुलिङ पिरियड नराख्ने व्यवस्था स्विकार्य नहुने अडान राख्नु पर्ने बताए । सभापति देउवाले विद्युत सम्बन्धि टेक एण्ड पे सभापतिले लिएको अडान जस्तै कुलिङ पिरियडमा पनि देखिनुपर्ने कोइरालाले बताए ।

राज्य व्यवस्था समितिबाट पारित भएभन्दा फरक प्रावधान सहितको व्यवस्थता प्रतिनिधि सभाबाट पारित हुँदा सांसदहरुको गल्ती भएको उनले बताए । ‘गल्ती हाम्रो पनि छ । म भन्दिन मेरो पनि गल्ति छैन । राज्य व्यवस्था समितिका साथीहरुको गल्ती छ’, कोइरालाले भने, ‘राज्य व्यवस्था समितिका सभापतिको गल्ती छ । हस्ताक्षर गर्ने अनि हेर्न चाहिं नहेर्ने ?’ विधेयक संशोधन गर्ने नाममा राष्ट्रिय सभामा एमालेका सांसदले गरेको प्रस्तावले कांग्रेसको कोर भ्यालुमाथि प्रहार गरेको उनले बताए ।

भूमि विधेयकलाई संसदबाट पारित गर्न एमालेको हतारप्रति उनले असन्तुष्टि व्यक्त गरे । ‘किन आजको भोलि नै पास गर्नुपर्ने ? समितिका छलफल गर्न किन डराइरहनु भएको छ । त्यसको जवाफ कांग्रेसलाई चाहिन्छ’, कोइरालाले भने । कोइरालाले संवैधानिक परिषद् विधेयक संसदबाट पारित भए अनुसार राष्ट्रपतिले अनुमोदन गरे संविधानको स्पिरिट मर्ने । ‘प्रधानमन्त्री र एक सदस्यको संवैधानिक परिषदको बैठक बसेर जे पनि गर्न सक्ने भयो’, कोइरालाले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७