सर्‍यो समाजवादी मोर्चाको बैठक


२०८० भदौ ३ आइतबार ०४:३८ बजे

काठमाडौँ । समाजवादी मोर्चाको आज (आइतबार) का लागि तय भएको बैठक सरेको छ । चार दल सम्मिलित मोर्चाको बैठक आइतबार साँझ नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा तय भएको थियो ।

उक्त बैठक भोलि (सोमबार) बिहान साढे ७ बजेका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार प्रसार विभागले जनाएको छ । सोमबारको बैठक पनि एकीकृत समाजवादीकै कार्यालयमा तय भएको हो । यसअघि बोलाइएको मोर्चाको बैठक स्थगित भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७