ललिता निवास प्रकरण : तीन जनाको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश चुँडालको इजलासमा


२०८० असार १५ शुक्रबार २३:०७ बजे

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका तीन आरोपितको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन न्यायाधीश कुमार चुँडालको इजलासमा सुनुवाइ हुँदैछ ।

गत मंगलबार निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, भाटभटेनी सुपर मार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमको तर्फबाट बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट परेको थियो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात कीर्तेको अभियोगमा उनीहरू माथि छानबिन गर्न प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूले आफूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न माग गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७