चिनियाँ दूतावासको टोलीले भेट्यो रास्वपाका नेताहरु


२०८० जेठ ११ बिहीबार १७:१२ बजे

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चीफ अफ मिशन (डीसीएम) वाङ सीनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग भेटवार्ता गरेका छन् । बसुन्धारास्थित पार्टी कार्यालयमा उनले रास्वपाका उपसभापति डोलप्रसाद अर्यालसहितका नेताहरूसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल र चीनका आपसी चासोको विषयमा छलफल भएको रास्वपाले जनाएको छ । भेटमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७