टिआरसी विधेयकमा दफावार छलफल गर्न उपसमिति गठन


२०८० जेठ ५ शुक्रबार १४:०६ बजे

काठमाडौं । कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दफावार छलफल गर्न उपसमिति गठन गरेको छ ।

प्रतिनिधिसभाबाट दफावार छलफलका लागि आएको वेपत्ता पारिएका व्यक्ति छानविन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफलका लागि शुक्रबार ११ सदस्यीय उपसमिति गठन गरिएको समिति सचिव अधिराज राईले जानकारी दिए ।

समितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशील थिङ, पूर्णबहादुर घर्ती, सन्तोष परियार, रञ्जुकुमारी झा, गोमा लाभ सापकोटा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर रहेका छन् । उपसमितिलाई तीन साताभित्र काम सक्न समय दिइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७