सरकारले अर्थतन्त्रको वास्तविक अनुहार ढाकछोप गर्न खोज्यो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रबारे भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । आज (बिहीबार) बाट सुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र थप संकटमा परेको बेला सरकारले मुलुकको अर्थतन्त्रको वास्तविक अनुहार ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।
सरकारले रेमिट्यान्स बढेको, वैदेशिक मुद्राको संचिति बढ्यो भन्ने विषय सार्वजनिक गराएर वास्तविक अवस्थाको ढाकछोप गरेको ओलीको आरोप छ । एमाले अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अप्ठयारो र झन् संकटमा परेको बताए । अर्थतन्त्र सुदृढ हुने दिशातिर मुलुक गएको भनेर सरकारले भ्रम सिर्जना गरेको ओलीको भनाइ छ । उनले वर्तमान सरकारले राज्यको ढुकुटीको दोहन गरेको समेत बताए ।