श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ


२०८० बैशाख २५ सोमबार ०६:२८ बजे

झापा । झापामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् । कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा डेरा गरी बस्ने ४५ वर्षीया सुनिता कार्कीको कुटपिटबाट उनका श्रीमान ५३ वर्षीय टेकबहादुर कार्की मृत्यु भएको हो ।

घटना बैशाख ८ गते बेलुका घटेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् । प्रहरीका अनुसार घरायसी विवादको क्रममा सुनिताले उनका श्रीमानलाई फलामको रड प्रहार गरी सख्त घाइते भएका थिए । उनको आइतबार बिहान घरमै मृत्यु भएको डीएसपी रिजालले जानकारी दिए ।

टेकबहादुरको मृत्युपछि सुनितालाई प्रहरीले पक्राउ गरेको छ । टेकबहादुरको शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७