फ्रान्सेली राष्ट्रपति म्याक्रोनले यस कारण आह्वान गरे युक्रेनबारे सम्मेलन


२०७९ मङ्सिर २७ मंगलबार ११:१५ बजे

पेरिस । फ्रान्सले युक्रेनको क्षतिग्रस्त पूर्वाधारको मर्मतका लागि सामग्री र पैसा जुटाउनका साथै रुसविरुद्धको किभको लडाइमा पेरिसको जारी समर्थनलाई जोड दिने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन आह्वान गरेका छन् ।

युक्रेन युद्धको बारेमा ताजा टिप्पणीपछि किभमा विवादमा तानिइरहेका बेला फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले राजनीतिज्ञहरू, ब्लु–चिप कम्पनीहरू र सहायता निकायहरूको भेला मंगलबार आह्वान गरेका हुन् ।

म्याक्रोनले डिसेम्बर ३ मा एक अन्तर्वार्ताको क्रममा रसियालाई युद्धको अन्त्यमा ‘सुरक्षा ग्यारेन्टी’ प्रस्ताव गर्न आह्वान गरेका थिए, जसको केही युक्रेनी र पूर्वी युरोपेली राजनीतिज्ञहरूले आलोचना गरेका थिए । फ्रान्सेली नेता र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच आइतवार टेलिफोन संवाद भएको थियो ।

फ्रान्सेली राष्ट्रपति कार्यालयका अनुसार म्याक्रोनले ‘राष्ट्रपति जेलेन्स्कीलाई युक्रेनले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई पूर्ण रूपमा पुनसर््थापित गर्न आवश्यक भएसम्म फ्रान्सको समर्थनमा भर पर्न सक्ने स्मरण’ गराएका थिए ।

‘युक्रेनी जनतासँग ऐक्यबद्धता’ नाम दिइएको उक्त सम्मेलनको पहिलो भागलाई दुबै नेताले सम्बोधन गर्ने कार्यक्रम छ । म्याक्रोन व्यक्तिगत रूपमा र जेलेन्स्की भिडियो लिंकमार्फत सम्बोधन गर्नेछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७