अमेरिकाले युक्रेनलाई थप एक अर्ब डलरको हतियार दिने


२०७९ असार २ बिहीबार २०:१९ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप एक अर्ब अमेरिकी डलरबराबरको सैन्य हतियार प्रदान गर्ने घोषणा गरेका छन् ।

बुधबार बाइडेनले गरेको घोषणाअनुसार युक्रेनले पानीजहाज प्रतिरोध रकेट प्रणाली, हवाई रकेट, ड्रोन र बम बारुद प्राप्त गर्नेछ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको फोनवार्तामा बाइडेनले यस बारेमा जानकारी गराएका हुन् । उनीहरुको बीचमा ४१ मिनेट वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बाइडेनले युक्रेनलाई मानवीय सहायताको लागि थप २२ करोड ५० लाख डलरको सहयोग घोषणा गरेका छन् । जसमा खानेपानी वितरण, अत्यावश्यकीय मेडिकल सामग्री आपूर्ति स्वास्थ्यसेवा, खाद्यान्न, आवास र आवश्यक सामग्री खरिदका लागि मानिसहरुलाई आर्थिक राहत प्रदान गर्नेलगायतका योजना समावेश छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७