भारतमा अस्पतालको आईसीयू वार्डमा आगलागी, कम्तीमा १० विरामीको मृत्यु

नयाँदिल्ली, २० कात्तिक । भारतको महाराष्ट्र राज्यमा पर्ने अहमदनगरमा जिल्लास्थित सिभिल अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएनआईसँग स्थानीय जिलाधिकारी राजेन्द्र भोसलेले घटनाको पुष्टि गरेका छन् । तर अल इण्डिया रेडियोले उक्त आगलागीमा ११ जनाको मृत्यु भएको जनाएको छ । अस्पताल स्रोतका अनुसार आईसीयू वार्डमा २५ जना उपचाररत थिए ।