आज थपिएका १९ सय ११ जना कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?
काठमाडौं, १५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको नमुना जाँचमा १९ सय ११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२७ पुगेको छ ।
२४ घण्टामा ९११ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । देशभर ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
आज (बिहीबार) कुन प्रदेशमा कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा प्रदेश-१ को उदयपुरमा ३, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ४, ताप्लेजुङमा १, भोजपुरमा १, मोरङमा १ सय ५ र सुनसरीमा ६६ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।
प्रदेश-२ को धनुषामा १९, पर्सामा २८, बारामा १४, महोत्तरीमा १६, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा ५ र सिरहामा ३९ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ८१७ जनामा कोरोना भेटिएको छ । काभ्रेमा १७, चितवनमा ८६, दोलखामा ३, धादिङमा १७, नुवाकोटमा १०, भक्तपुरमा ५८, मकवानपुरमा १७, रामेछापमा ६, ललितपुरमा ६८, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा ४ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा ५, तनहुँमा ८, नवलपरासी पूर्वमा १४, पर्वतमा २, लमजुङमा २, बागलुङमा १४ र स्याङजामा १ जनामा कोरोना भेटिएको छ ।
प्रदेश-५ को कपिलवस्तुका ३, गुल्मीका ३, दाङका ९, नवलपरासीका १०, पाल्पाका ३, बर्दियाका ४, बाँकेका ३०, रुकुम पूर्वमा ५ र रुपन्देहीका ९१ जना छन् ।
यस्तै कर्णाली प्रदेशको कालिकोटमा ७, जुम्लामा ३७, दैलेखमा २, मुगुमा २, रुकुम पश्चिममा ३ र सल्यानमा ३ जनाका कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २४, कैलालीमा १६१, डडेल्धुरामा १, बझाङमा २ र बैतडीमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।