रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध


२०७७ असार २८ आइतबार ०६:१८ बजे

गुल्मी, २८ असार । गुल्मीमा वर्षाका कारण पहिरो गएपछि रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका –६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनौं सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् । सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।

अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको तम्घास – इन्द्रेगौंडा र तम्घास – मुसिकोट सडक पनि अवरुद्ध भएका छन् । मुसिकोट नगरपालिका –३ को धरमपानी र ४ को ताहु खोलामा सडकमााथिबाट ठूलो पहिरो खसेपछि शनिबार बेलुकीदेखि सडक अवरुद्ध बनेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७