डा. सन्दुक रुइतलाई डेंगी, नर्भिक अस्पताल भर्ना


२०७६ भदौ २३ सोमबार ०७:५४ बजे

काठमाडौें, २३ भदौं । आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई पनि डेंगीको संक्रमण भएको छ । उनलाई हाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

तिलगंगा आँखा केन्द्रका निर्देशक डा. रुइत सरल र कम लागतमा मोतिबिन्दुको चिकित्सा पद्धति ’रुइतेक्टोमी’का शुरुवातकर्ता हुन् । सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका उनले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरिसकेका छन् ।

अस्पताल भर्ना भए पनि रुइतको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी नभइसकेको स्रोतले बताएको छ । गत बुधबार मात्रै कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल पनि डेंगी संक्रमण देखिएर ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना भएका थिए ।

पछिल्लो समय देशभरमा डेंगी संक्रमण हुने दर बढेको छ । वैशाखदेखि फैलिएको डेंगीबाट ४८ भन्दा बढी जिल्लामा ५ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७