वर्ष दिनभरको नेकपाको एकता, कता–कता ?
काठमाडौं, ३ जेठ । सत्तारूढ नेकपा एकताको वर्ष दिन पुगको छ । नितान्त फरक धारको दुई पार्टीको सिंगो संरचनाको एकता भने अझै भइसकेको छैन । सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै काम बाँकी छन् ।
भइसकेका काम पनि धेरै छन् । तर, बाँकी बढ्ता मत भिन्नताका छन् । त्यसैले पूर्ण एकीकरणका लागि अझै केही समय लाग्ने देखिन्छ । नेताहरु एकता पूर्णतया टुंग्याउन जोडतोडले लागेका देखिए पनि अवस्था कता(कता अल्झिएको छ ।
२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २०१९ सालपछि विभिन्न समूहमा विभाजित थियो । अन्ततः ५६ वर्षपछि २०७५ जेठ ३ गते दुई ठुला कम्युनिस्ट घटक अचानक एक भई राजनीतिक दुनियाँलाई चकित लुल्याएका थिए । अन्नपूर्ण पोष्टबाट