अब अष्ट्रेलियाबाट पनि ‘मेगा रेमीट’


०७:०० बजे

काठमाडौं,चैत १९ । मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमीट’ सेवा सुरु गरेको छ ।

अष्ट्रेलियाको अजीज फरेक्स एन्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको हो । अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा पहिलोपटक सुरु गरिएको बैंकले जनाएको छ ।

यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सय भन्दा बढी एजेन्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिनेछ । मेगा बैंकमै खाता भएका ग्राहकहरुका लागि रेमीट सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ ।

नेपालीहरुको बाहुल्यता रहेको अष्ट्रेलियामा यो सेवाले गैरआवासीय नेपाली र विद्यार्थीहरुलाई निकै सहजता मिल्नुका साथै कानुनी र आधिकारिक माध्यमबाट नेपालमा रकम पठाउने बाटो खुलेको बैंकले जनाएको छ ।

मेगा बैंकले ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा अष्ट्रेलियाबाट पनि सेवा प्रारम्भ गरिएको मेगा बैंकले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७