पोखरामा बन्दविरुद्ध विवेकशील साझा पार्टीको अगुवाइमा प्रदर्शन

पोखरा, ३० फागुन । विप्लव माओवादीले आह्वान गरेको बन्दका विरुद्ध विवेकशील साझा पार्टीको अगुवाइमा पोखरा प्रदर्शन भएको छ ।

विवेकशील साझा पाटीमा आवद्ध युवाहरुले पोखराको पृथ्वीचोकमा ‘बन्दले देश बन्दैन’, ‘बन्दको विकल्प खोजौं’, ’नेपाल खुला छ’ लगायतका प्लेकार्डसहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका छन् ।
देश विकास र समृद्धिको बाधक बन्द हड्तालको विकल्प राजनीतिक पार्टीहरुले खोज्नु पर्ने विवेकशील साझा पाटी कास्की जिल्ला सदस्य सुरेश पहारी बताउँछन् । पाटीहरुलाई विकासमा बाध नपुग्ने गरी शान्तिपूर्ण संघर्ष गर्न र सरकारले सबैको माग वार्ता र सम्वादमार्फन निकास निकाल्नु पर्ने उनले बताएका छन् ।
बन्द हड्तालले युवाहरुको भविष्यसँग जोडिएको विद्यालय, कलेज बन्द हुनु, उद्योग, व्यापार समेत ठप्प हुन नहुने प्रदर्शनमा उत्रेका युवाहरुले बताएका छन् । यसैबीच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा बिहीबार बिहानै पोखराको सभागृह चोक र भण्डाढीकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ । पोखराको सभागृह चोकमा ट्राफिक आइल्यड नजिकै शंकास्पद वस्तु राखिएको थियो ।
सभागृह चोकमा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्दा माटो मात्र भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता रविन्द्र गुरुङले जानकारी दिए । भण्डाढीकमा राखिएको शंकास्पद वस्तु पनि त्यस्तै प्रकृतिको भेटिएको उनले सुनाए । बन्दको असर पोखरामा पनि देखिएको छ । सवारी साधन फाट्टफुट्ट चलेका छन् भने पोखराका मुख्य बजारहरु बन्द रहेका छन् । कास्कीका विद्यालय बन्द छन् भने परीक्षा समेत रोकिएको छ ।