माल्दिभ्समा नेपाली खेलाडी सावित्रा भण्डारी ‘सर्वोत्कृष्ट खेलाडी’


२०७५ बैशाख ५ बुधबार ०१:०० बजे
काठमाडौं, वैशाख ५। माल्दिभ्समा सम्पन्न महिला फुटसल प्रतियोगितामा नेपाली खेलाडी सम्मेलित पुलिस क्लब दोस्रो भएको छ । फाइनलमा एपीएलसँग पेनाल्टीमा ३–२ गोलले पराजित हुँदै नेपाली खेलाडी सावित्रा भण्डारी र अनु बस्नेत सम्मेलित टिम उपविजेतामा सिमित भएको हो । प्रतियोगितमा नेपाली खेलाडी ‘क्वीन अफ द म्याच’ भएकी छिन् । पेन्नाल्टी सुट आउटमा हारेको नेपाली खेलाडी सम्मेलित टिमका पुलिस क्लबका लागि सावित्रा र अनुले मात्र गोल गर्न सके । खेलको सुरुवातमा नै एमपीएलले लिएको अग्रतामा अनु बस्नेतले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । निधारित समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि सावित्रा नै भइन् । कुल १९ गोल गर्दै सावित्रा प्रतियोगिताकै सर्वा्धिक गोलकर्ता समेत बनिन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७