प्रहरीमा १० डीआईजी पद रिक्त, को–को छन् दौंडमा ?
काठमाडौँ । नेपाल प्रहरीको जनपदतर्फ १० डीआईजी पद खाली छ । बढुवा हुन तीन टोली प्रतिस्पर्धामा रहेका छन् । २०५४ चैत १८ मा भर्ना भएका सुदर्शन कोइराला र दीपक रेग्मी डीआईजीको दौडमा छन् । तर, उनीहरूसँगै भर्ना भएका दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी भने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस भइसकेका छन् ।
राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीको जनपद समूहमा आएका १० डीआईजी हुने दौडमा छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका ओमबहादुर राना, माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, शारदाप्रसाद चौधरी, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जीव शर्मा दास, सुरेन्द्रबहादुर गुरुङ, दिलीपसिंह देउवा र दीपककुमार बस्नेत डीआईजीको प्रतिस्पर्धीमा छन् ।
ओमबहादुर राना, दिलीपसिंह देउवा, सुरेन्द्रबहादुर गुरुङ र माधव प्रसाद श्रेष्ठ २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए । दीपेन्द्र घर्ती क्षेत्री २०५५ जेठ ७ मा, दीपककुमार बस्नेत, विनोद घिमिरे र जयराज सापकोटा २०५४ माघमा राअमा सेवा प्रवेश गरेका हुन् । अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत विनोद घिमिरेलाई प्रहरीमा ‘विवादित’ अधिकृतको रूपमा चिनिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवामार्फत उनले डीआईजी बढुवा हुन लबिङमा रहेको स्रोत बताउँछ । ओम बहादुर राना, दिलीप सिंह देउवा, सुरेन्द्रबहादुर गुरुङ र माधव प्रसाद श्रेष्ठ २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए ।
दीपेन्द्र घर्ती क्षेत्री २०५५ जेठ ७ मा, दीपककुमार बस्नेत, विनोद घिमिरे र जयराज सापकोटा २०५४ माघमा राअमा सेवा प्रवेश गरेका हुन् । अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत विनोद घिमिरे प्रहरीमा ‘विवादित’ अधिकृतको रूपमा चिनिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवामार्फत उनले डीआईजी बढुवा हुन लबिङमा छन् ।
शक्ति केन्द्रको आडामा बाराको कमाण्ड गरेका दिलीपसिंह देउवा प्रहरीमा आर्थिक रूपमा ‘विवादित’ अधिकृत हुन् । नेकपा (माओवादी केन्द्र) का नेताहरूसँग निकट रहेका ओम राना पनि संगठनमा लोकप्रिय मानिंदैनन् । गोरखाको इञ्चार्ज हुँदा सुरेन्द्र गुरुङले जुवाखालबाट बरामद रकम आफैंले राखेको आरोप थियो । पछि छानबिन हुने भएसँगै राजस्व खातामा जम्मा गएको आरोप छ।
डीआईजीको प्रतिस्पर्धामा रहेको अर्को टोली छ, ५०५६ असार ३ मा भर्ना भएका १५ जना अधिकृत । प्रथम सूचीमा वरिष्ठ उपरीक्षक भएका विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शमशेर जबरा, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन प्रतिस्पर्धामा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका भूपेन्द्र खत्री र सोमेन्द्र सिंह राठौर संगठनमा काविल अफिसरका रुपमा चिनिन्छन् । विश्व अधिकारी अहिले काठमाडौँ प्रहरी प्रमुख छन् । प्रहरी उपरीक्षक हुँदा चितवन सरुवामा ‘विवाद’ भए पनि गंगा पन्तले त्यसपछि पर्साको कमाण्ड गरेकी थिइन् । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा सिद्धिविक्रम शाहलाई हटाएर शेखर खनाललाई ललितपुरमा पठाइएको थियो । २०८० पुसमा भएको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतले ज्यान गुमाएका थिए । खनाल अहिले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । वैशाख ४ मा बढुवा समितिले ६ डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेसँगै १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआईजीमा बढुवा गर्न मिल्ने भएको हो ।