कक्षा १२ को परीक्षा स्थगित (सूचनासहित)

काठमाडौं । बैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा स्थगित भएको छ । आज (शुक्रबार) राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिएको हो । शिक्षकहरु १७ दिनदेखि सडक आन्दोलनमा रहेका कारण कक्षा १२ को परीक्षा सारिएको हो ।
सरकारले आफूहरुको माग सम्वोधन नगरेसम्म आन्दोलनबाट पछि नहट्ने अडान शिक्षकहरुले लिएपछि कक्षा १२ को परीक्षा प्रभावित बनेको हो । यस्तै शिक्षक आन्दोलनका कारण एसइईको कपी जाँच गर्ने कार्य समेत हुन सकेको छैन ।