प्रमुख सुबेदार र सुबेदारलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनामा साधारण सेवातर्फमा सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार-सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
सैनिक सेवा नियमावली २०६९ बमोजिम सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार बढुवा भएका प्रमुख सुबेदार-सुबेदार गरी ३४ जनामध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका पाँचबाहेक २९ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।