‘सशस्त्रको भावी नेतृत्व’ को लागि तिव्र रस्साकस्सी

बढुवाको प्रतिस्पर्धामा डीआईजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी मुख्य दाबेदार छन् । अब एआईजीमा बढुवा हुने अधिकारी नै ३ वर्षपछि सशस्त्र प्रहरीको महानिरीक्षक समेत बन्नेछन्। बाँकी तीन जना डीआईजीहरु भने आगामी पुसमा अनिवार्य अवकाशप्राप


२०८२ बैशाख ८ आइतबार २३:४० बजे

काठमाडौं :  सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि तिव्र रस्साकस्सी सुरु भएको छ । सशस्त्र प्रहरीका एआईजी चन्द्रप्रकाश गौतम मंगलबार ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गए लगत्तै रिक्त पदका लागि दौडधुप सुरु भएको हो । 

सीमा सुरक्षा विभागमा कार्यरत गौतमले ३० वर्षे हटाएर आफ्नो कार्यकाल लम्ब्याउन अधिकतम् प्रयास गरेका थिए । उनी २०५२ वैशाख ३ मा उनी नेपाल आर्मीमा भर्ना भएका थिए । सशस्त्र प्रहरी गठन हुने भएपछि उनी २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएर आएका थिए ।

सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल २०८३ वैशाख  ४ गते अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले  रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजी बन्नेछन् । १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरमा भर्ना भएका उनीहरू ३० वर्षे सेवा अवधिका कारण २०८४ चैत १७ अनिवार्य अवकाशमा जानेछन् । उनीहरु दुवै जना अर्यालसँगै २०५४ सालमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर पछि एक तह बढुवा हुँदै सशस्त्र प्रहरीमा गएका थिए। 

अब एआईजीमा बढुवा हुने अधिकारी नै ३ वर्षपछि सशस्त्र प्रहरीको महानिरीक्षक समेत बन्नेछन्। बाँकी तीन जना डीआईजीहरु भने आगामी पुसमा अनिवार्य अवकाशप्राप्त हुनेछन्। बढुवाको प्रतिस्पर्धामा डीआईजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी मुख्य दाबेदार छन् । 

गत पुसमा मात्रै म्याद थप भएका तीन डिआइजी आफूहरु एआइजीको दावेदार रहेको बताइरहेका छन् । सशस्त्र प्रहरीमा चार जना डिआइजी (प्रहरी नायब महानिरीक्षक) हरू जागिरको अवधि २५ वर्ष पूरा नहुँदै अवकाशको मुखमा पुगेका उनीहरूको म्याद थप भएपछि एआइजीको दावेदार बनेका हुन् ।

सशस्त्र प्रहरी नियमावली २०७१ ले उनीहरूको एक वर्ष पदावधि थप गर्ने व्यवस्थाअनुसार सरकारले एक वर्ष पदावधि थप गरेको हो । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डिआइजीको चार वर्ष अवधि पूरा गरेर अवकाश हुन लागेको अवस्थामा ‘सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान अनुसार म्याद थप भएको थियो । 

यसपछि २०५६ असार ३ गते नेपाल प्रहरीमा भर्ना भएका टोलीमध्येबाट एआइजी हुनेछन् । डिआइजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ प्रहरी निरीक्षकबाट भर्ना भएका थिए । डिआइजी शम्भु सुवेदी उनीहरूभन्दा अघि भर्ना भएका हुन् । रोगले थलिएका सुवेदी अहिले पूर्व क्षेत्रको कमाण्डमा छन् ।

सशस्त्र प्रहरी बल स्थापना भएपछि चारै जना सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् । मुलुक द्वन्द्वकालमा हुँदा उनीहरूकै टोलीले विभिन्न परिस्थितिको सामना गरेको थियो । डिआइजी गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको प्रमुख छन् ।

ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशका प्रमुख, नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशका प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोसी प्रदेशका प्रमुख छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७