नीति शाहले सुटुक्क गरिन् कानूनी विवाह


२०८२ बैशाख ७ शनिबार १७:१७ बजे

काठमाडौं :  अभिनेत्री तथा मोडल नीति शाहले प्रेमी याञ्चित राणासँग कानूनी विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले कोर्ट म्यारिज गरेकी हुन् । 

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनीहरूको विवाह भएको हो।

राणा पेशाले एरोस्पेस इन्जिनियर हुन् । यी दुईजना झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा छन् । याञ्चितले नीतिसँगका रोमान्टिक तस्वीर पनि सेयर गर्दै आइरहेका थिए ।

शाह ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को विजेता हुन् ।‘ खजुरे ब्रो’बाट फिल्मको अभिनयमा डेब्यु गरेकी उनले हाल महानायक राजेश हमालसँग जोडी बाँध्दै ‘नरसिंहा अवतार’मा हलमा आउँदैछिन् । उनले फिल्म ‘ज्वाइँ साब’बाट पनि राम्रो चर्चा कमाएकी थिइन् ।

 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७