साइकल गतिमा जनकपुर रेलः विश्वकै पुरानो रेल प्रविधि नेपालमा, ३५ किलोमिटर पार गर्न डेढ घण्टा


२०७५ मङ्सिर ११ मंगलबार ११:३४ बजे

काठमाडौं, ११ मंसिर । ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्रतिष्पर्धा छ ।
जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघण्टा ६०३ किलोमिटर गुड्छ ।

फ्रान्सले प्रतिघण्टा ५७४ किलोमिटर र चीनले ५०१ किलोमिटर गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेल चलाइसकेका छन् ।

प्रतिघण्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेललाई ‘हाइस्पिड रेल’ को परिभाषाभित्र राखिएको छ ।

नेपालमा सन् २०१९ को सुरुबाट जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी भइरहेको छ । तर यो रेलको गति निकै सुस्त हुनेछ ।

पुरानो न्यारोगेज (२.६ फिट ट्रयाक) रेलवे विस्थापित गरी झण्डै चार वर्षपछि सञ्चालनमा आउने लागेको ब्रोडगेज (५.६ फिट ट्रयाक) रेल्वेमा गुड्ने रेलको गति साइकलको भन्दा बढी हुँदैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७