कृषि विकास बैंकले ऋण ११ अर्ब १६ करोड भन्दा बढि असुले


२०७५ श्रावण २९ मंगलबार १३:५४ बजे

विराटनगर, २९ साउन। कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले गत आर्थिक वर्षमा कूल रु १२ अर्ब ९९ करोड १८ लाख ५७ हजार ऋण लगानी गरेकामा रु ११ अर्ब १६ करोड ४५ लाख २५ हजार असुल गरेको छ ।

मेची–कोशी अञ्चलका १० जिल्लामा कार्य क्षेत्र रहेको यो बैंकको ऋण असुली समग्रमा ११० प्रतिशत रहेको बैंकका अधिकृत उमेशकुमार मास्केले बए ।

कृषि क्षेत्रमा मात्र लगानी गरिरहेको यो बैंकले मेची अञ्चलमा रु तीन अर्ब ७७ करोड २३ लाख १९ हजार लगानी गरेकामा रु तीन अर्ब आठ करोड ८२ लाख ४९ हजार असुल गरी ९६ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

यसैगरी कोशी अञ्चलमा रु नौ अर्ब २१ करोड ९५ लाख ३८ हजार ऋण लगानी गरेकामा रु आठ अर्ब सात करोड ६२ लाख ७६ हजार असुल गरी ११६ प्रतिशत प्रगति गरेको अधिकृत मास्केले जानकारी दिए ।

कूल २३ हजार ७३० ऋणी रहेको यो बैंकको ऋण लगानी र असुली सन्तोषजनक रहेको कार्यालय प्रमुख पप्पुबाबु श्रेष्ठले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७