काठमाडौं, ८ साउन । सन् २०१४ मा जर्मनलाई विश्वकप जिताउने नायक मेसुट ओजिलले अन्तर्राष्ट्रि फुटवलबाट अन्यासै सन्यास घोषणा गरे । उनले सन्याससँगै आफ्नो खेल जीवनका प्रसङ्ग कोट्याउँदै चित्त दुखाएका छन् ।
पाँच पटक जर्मनीको वर्ष खेलाडी बनेका २९ वर्षीय मिडफिल्डर ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट आइतबार अचानक सन्यास घोषणा गरे । आर्सनलका मिडफिल्डर समेत रहेका ओजिलको पुस्तौली थलो टर्की हो । सोही कारण आफू नस्लवादको शिकार भएको र आफूमाथि अपमान गरिएको कुरालाई उनले सन्यास वक्तव्यमा जोड दिएका छन् ।
ओजिल भन्दा दुईपुस्ताअघि उनको परिवार टर्कीबाट जर्मनी आएको हो । तेस्रो पुस्ताको आप्रवासीका रुपमा उनको जन्म पश्चिमी जर्मनीको गेल्सेकिचैनीमा भएको हो । गत मे महिनामा ओजिलले टर्कीका राष्ट्रपति रिस्प टेयिप एरडोगानसँग आफ्नो हस्ताक्षरसहितको जर्सी दिंदै तस्वीर खिचेका थिए । टर्कीमा लगत्तै भएको चुनावमा राष्ट्रपति रिस्पको आफ्नो चुनावी अभियानमा ओजिलसँगका तस्वीरहरु युवाहरुको मन जित्ने हतियारको रुपमा प्रयोग गर्दै पुनः राष्ट्रपतिमा निर्वाचित भए ।
अर्को महिना विश्वकप खेलिरहेको जर्मनीका खेलाडीको पुस्तौली थलो टर्कीका राष्ट्रपतिसँगको तस्वीर सार्वजनिक भएपछि ओजिललाई देशप्रति निष्ठा नभएको भन्दै जर्मन राजनीतिज्ञ र त्यहाँको फुटबल फेडेरेशनको समेत आलोचना गर्यो । तर, ओजिलले भने आफूले टर्कीका राष्ट्रपतिसँग तस्वीर खिच्न नमान्दा आफ्ना पुर्खाहरुको थलोको अपमान हुने महसुस गर्दै तस्वीर खिचेको प्रतिक्रिया दिंदै भनेका थिए, ‘त्यो राजनीती या चुनाव प्रचार केही थिएन् । मैले मेरो परिवारको देशको उच्च संस्थाको सम्मान मात्रै गरेको हुँ ।’ जर्मनीका लागि ९२ वटा अन्तर्राष्ट्रिय खेल खेलेका उनले सन्यास वक्तव्यमा त्यस पश्चात आफूलाई थुप्रै घृणाले भरिएका धम्कीपूर्ण इमेलहरु आएको र जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिनुको सम्पूर्ण दोष आफ्नै टाउकोमा थुपारिएको उल्लेख गरेका छन् ।
‘यस किसिमको दुव्र्यवहार भोगेपछि मलाई अब जर्मनको जर्सी कहिल्यै नलगाउँ जस्तो भयो,’ सामाजिक सञ्जालमा लामो वक्तव्य सार्वजनिक गर्दै उनले भनेका छन्, ‘म गर्व र उत्साहका साथ जर्मनको जर्सी लगाउन चाहन्थे तर अब सक्दिन् । सन् २००९ बाट मैले हासिल गरेका उपलब्धीहरु व्यर्थ रहेको मैले महसुस गरिरहेको छु ।’
जर्मन सामाजले कर तिर्नु बाहेक अन्य कुरामा आफूलाई स्वीकार नगरेकाले गरुङ्गो मन बनाउँदै जर्मनीबाट अन्तर्राष्ट्रिय खेल नखेल्ने निर्णय लिनु परेको उनले उल्लेख गरेका छन् । जर्मनीमा ३० लाख मानिसहरु टर्कीबाट आएर बसोबास गरेका छन् । उनीहरुको भोट पाउन र उनीहरुलाई नरुचाउनेहरुको भोट पाउन राजनीतिज्ञहरु चुनावमा त्यस मुद्दालाई ठूलो बनाउने गर्छन् । ओजिलले आफ्नो वक्तव्यमा किन टोलीका अन्य आप्रवासी खेलाडीहरुलाई आफू जस्तै व्यवहार गरिएन भनेर प्रश्न सोधेका छन् । ‘यो यसकारण हो कि यो टर्की हो ? यसकारण कि म मुस्लित हुँ । मलाई लाग्छ यो महत्वपूर्ण मुद्दा हो ।’ एजेन्सी