१० उत्कृष्ट गीत छनौट, १ नम्बरमा गणेश रसिक


२०७५ असार २४ आइतबार १६:४९ बजे
काठमाडौं, २४ असार । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगितामा सहभागी भएकाहरुमध्येबाट पुरस्कारका लागि उत्कृष्ट १० गीत छनोट गरिएका छन् । गत वैशाख १५ देखि जेठ १५ गतेसम्म सार्वजनिक सूचना गरी गीत आह्वान गरिएकामा प्रतियोगितामा समाविष्ट २ सय गीतमध्येबाट निर्णायक समितिले १० गीत छनोट गरेको हो । उत्कृष्ट १० मा परेका गीतकारहरुमा गणेश रसिक (इलाम), रमेश शुभेच्छु (पाँचथर), डा. कमल थापा (काठमाडौँ), गोपाल दाहाल (सुनसरी), तुलाधर विश्वकर्मा (बाँके), सौरभ सुनुवार (काठमाडौँ), जितेन्द्र खाती (दोलखा), अम्सुला कार्की (ओखलढुंगा), रवीन्द्र बुढाथोकी (काठमाडौँ) र देवेन्द्र अर्याल (काठमाडौँ) छन् । निर्णायक समितिमा श्याम तमोट संयोजक तथा शक्ति बल्लभ र मधु गुरुङ सदस्य रहेका थिए । छनोटमा परेका ती गीतकारलाई २०५ औँ भानु जयन्तीका अवसरमा प्रतिष्ठानले यही असार २९ गतेदेखि आयोजना गर्ने त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलनमा पुरस्कृत गरिने प्रतिष्ठानका महासचिव डा. देवी नेपालले जानकारी दिए । ती गीतको रेकर्ड समेत गरिने बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७