५० लाख रुपैयाँभन्दा बढी रकमसहित ठमेलबाट एक विदेशीसहित दुई पक्राउ


२०८३ मङ्सिर १० बिहीबार १३:५४ बजे

काठमाडौं : काठमाडौंको ठमेलस्थित एक होटलबाट नेपाली र विदेशी नागरिक गरी दुई जना ५० लाख रुपैयाँभन्दा बढी रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेलमा बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युटिथ इब्राहिम रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई ठमेलस्थित स्नोलाइन होटलबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार उनीहरूको साथबाट ५० लाख ५० हजार रुपैयाँ नेपाली मुद्रा, ४ हजार २१५ ओमान रियाल र ५५ अरब दिराम बरामद भएको छ ।

पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७