पूर्वाधार विकास मन्त्रालयले सरकारी सेवाबाट हटायो सात इन्जिनियर
काठमाडौं : कार्यालयमा नियमित उपस्थित नभएको र स्वीकृतिबिना बिदामा बसेको कसुरमा पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका इन्जिनियरलाई सेवाबाट हटाइएको मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको कसुरमा कारबाहीमा परेका छन् । उनीहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेल रहेका छन् ।
त्यस्तै, स्वीकृतिबिना बिदामा बसेको कसुरमा पदमेन्द्र प्रसाद श्रेष्ठलाई पनि सेवाबाट हटाइएको छ ।
मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाएको जनाएको छ ।
हेर्नूहोस् सूचनाः

.gif)

.png)




