एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं : नेकपा (एमाले)का तीन मनोनीत केन्द्रीय सदस्यले शपथ लिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नरेन्द्र भट्टराई, सीता अधिकारी र पोल्देन छोपाङ गुरुङलाई शपथ गराएका हुन् ।
उनीहरूलाई यसअघि असोजमा बसेको पार्टी स्थायी कमिटी बैठकले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
.gif)

.png)




