फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ब्रेक थ्रु हुँदै


२०८३ मङ्सिर २ बुधबार ०८:४५ बजे
फाइल फोटो

काठमाडौं : तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको आज ब्रेक थ्रु गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सुरुङको ब्रेक थ्रु कार्यक्रम हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति पौडेल हेलिकप्टरबाट बिहान साढे ९ बजे महादेवटार पुग्ने कार्यक्रम छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर दुई सुरुङ निर्माण भइरहेका छन् । आज ब्रेक थ्रु हुने सुरुङको लम्बाइ ३.४४५ किलोमिटर छ ।

अर्को सुरुङ भने ३.४८६ किलोमिटर लामो छ । उक्त सुरुङ गत भदौमै ब्रेक थ्रु भइसकेको थियो ।

फास्ट ट्र्याकअन्तर्गत हाल सात वटा सुरुङ निर्माणाधीन छन् । नेपाली सेनाले द्रुतमार्गलाई १३ वटा प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइरहेको छ ।

तीमध्ये प्याकेज १ देखि ८ (क), ८ (ख), ९ (क), ९ (ख) र १० निर्माण तथा कार्यान्वयनको चरणमा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७