विद्युत् लाइन जडानमै ५० हजार घुस : इन्जिनियरविरुद्ध मुद्दा दायर


२०८३ असोज १९ सोमबार १६:५९ बजे

काठमाडौं : गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

सुनसरीको इटहरी वितरण केन्द्रमा कार्यरत यादवलाई सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

यादवले विद्युत् लाइन जडानको काममा अनावश्यक ढिलासुस्ती गरी सेवाग्राहीलाई दुःख–हैरानी दिएको र काम गरिदिने भन्दै घुस मागेको अनुसन्धानबाट पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

यादवले लाइन जडान तथा त्यसमा सहजीकरण गरिदिने भन्दै ५० हजार रुपैयाँ घुस मागेर लिएको अख्तियारको दाबी छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ५० हजार रुपैयाँ कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ।

यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता न्यौपानेले जानकारी दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७