एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान बनाउन आज काठमाडौं गोर्खाज र चितवन राइनोज इलिमिनेटरमा भिड्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ । जित निकाल्ने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
इलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं गोर्खाज सात खेलमा चार जित र तीन हारसहित अंकतालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । चितवन राइनोज भने सात खेलमा तीन जित, तीन हार र एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्दै चौथो स्थानमा रहेर प्लेअफमा प्रवेश गरेको हो ।
.gif)

.png)




