देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि नियन्त्रण गर्छौं : गृहमन्त्री गुरुङ


२०८३ कार्तिक २४ मंगलबार १९:४९ बजे
फाइल फोटो

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा अमर्यादित गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच पुग्ने गरी देउसी–भैलो खेल्ने क्रममा हुने विकृत गतिविधिलाई कानुनबमोजिम कडाइका साथ नियन्त्रण गरिने बताएका हुन् ।

यस्ता गतिविधिप्रति गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले त्यस्ता क्रियाकलाप देखिए तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७