आईजीपी नियुक्तिबारे ओलीको व्यंग्य : ‘अरर्याएको काम गर्छन् भनेर बनाएको होला’
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई नियुक्त गरिएको विषयमा व्यंग्यात्मक टिप्पणी गरेका छन् ।
बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने, ‘उहाँहरूले अर्हाएको काम गर्छन् भनेर बनाएको होला ।’
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको पदबाट हटाएर विशेष सल्लाहकार बनाउने निर्णय गरेको थियो । त्यसपछि सरकारले उक्त पदमा डा. मनोज केसीलाई नियुक्त गरेको हो ।
.gif)

.png)




