माओवादी विद्रोहका सहिद परिवारसँग सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले गरे भेट


२०८३ असोज १६ शुक्रबार १६:५९ बजे

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीका परिवारसँग भेटघाट गरेका छन्।

नं. १ बराह वाहिनीअन्तर्गतका कार्यालयहरूको अवलोकन भ्रमणका क्रममा महानिरीक्षक पौडेलले दाङको धनौरीमा तत्कालीन माओवादी विद्रोहीसँगको भिडन्तमा २०६१ साल असार २० गते वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीका परिवारसँग भेटघाट गरेका हुन्।

भेटघाटका क्रममा महानिरीक्षक पौडेलले राष्ट्र र संगठनको हितका लागि ज्यानको आहुति दिने सहिदप्रति उच्च सम्मान व्यक्त गरे। उनले सहिद परिवारले भोग्नुपरेका समस्या समाधानका लागि संगठन सधैँ साथमा रहने बताए।

सहिदको रगत र पसिनाका कारण संगठन आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले सहिदका परिवारले भोग्नुपरेका पिर, मर्का तथा अन्य समस्या समाधानका लागि नजिकै रहेका सशस्त्र प्रहरी बल नेपालका इकाईमा सम्पर्क गर्न आग्रह गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७