प्रहरी महानिरिक्षकबाट दानबहादुर कार्की बर्खास्त, प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्ति


२०८३ कार्तिक १८ बुधबार १४:१४ बजे

काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो। यससँगै नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ।

यसअघि आईजीपी कार्कीलाई पदबाट हटाउने विषय चर्चामा रहे पनि बुधबारको मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गरेको हो। कार्कीले अब प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्नेछन् भने मनोज केसीले नेपाल प्रहरीको नेतृत्व गर्नेछन्।

सरकारको यो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७