धर्म प्रचारको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ


२०८३ कार्तिक १२ बुधबार १८:४७ बजे

काठमाडौं : पर्यटक भिसामा नेपाल आएर क्रिश्चियन धर्म प्रचारमा संलग्न भएको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी नागरिक पक्राउ परेका छन्। 

मोरङको कानेपोखरी–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले सञ्चालन गरेको शिविरमा सहभागी विदेशी नागरिकका कागजात जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको गृह मन्त्रालयले जनाएको छ।

पक्राउ पर्नेमा ब्राजिलका तीन, क्यानडाका दुई र अमेरिकाका पाँच नागरिक छन्। उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए। 

उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको मन्त्रालयले जनाएको छ।

कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए।

स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने भनिएको तीन कट्ठा जग्गामा बनेका छवटा भवनमा यसअघि पनि क्रिश्चियन धार्मिक कक्षा सञ्चालन हुँदै आएको थियो। 

हाल उक्त स्थानमा दुई पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएका छन्।

यी हुन् पक्राउ पर्नेहरूः

१. ब्रेनो म्यासिएल सानाना — राहदानी नं. FZ105414, देश: ब्राजिल

२. फर्नान्डो अगस्टो फ्राङ्क — राहदानी नं. FT 280109, देश: ब्राजिल

३. साओ पाउलो भाज बार्बोसा — राहदानी नं. G1998005, देश: ब्राजिल

४. लुइगी मेनेगुस्सो भालेन्जी — राहदानी नं. AN224289, देश: क्यानडा

५. इभलिन मेनेगुस्सो फर्नान्डेस — राहदानी नं. P102426H0, देश: क्यानडा

६. पाउलो रोबर्टो बेचार — राहदानी नं. A 81840247, देश: अमेरिका

७. सेल्मा अगस्टा वेल बेचार — राहदानी नं. 658527592, देश: अमेरिका

८. राल्फ वार्नर क्लार्क — राहदानी नं. 675266434, देश: अमेरिका

९. करेन क्रिस्टिना जारा — राहदानी नं. 661422692, देश: अमेरिका

१. भिक्टोरिया क्रिस्टिना जारा–क्लार्क — राहदानी नं. A23210248, देश: अमेरिका

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७